Logo

कांग्रेसमा द्धन्द्ध बढ्नुमा ऋषि धमलाको भूमिका !



चैत ८, काठमाण्डौ । नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक भोलीदेखि सुरु हुँदैछ । चुनावमा पार्टीले बेहोरेको पराजयको समिक्षा गर्नका लागि बैठक बस्न लागेको हो ।

बैठकअघि कांगेसका विभिन्न गुटहरुले आन्तरिक तयारी तिब्र बनाएका छन् । एक पक्षले चुनावमा पार्टीले हार्नुको कारण सभापति शेरबहादुर देउवाको कमजोरी भएको आरोप लगाउँदै आएको छ । अर्को पक्षले भने नेतृत्वको कमजोरी भनै वाम गठबन्धनका कारण कांग्रेसका उम्मेदवार हारेको तर्क गरिरहेको छ ।

भोली बस्ने केन्द्रिय समितिको बैठकमा पनि चुनावमा हारको जिम्मेवारी कसले लिने भन्नेमा बहस हुने देखिन्छ ।

कांग्रेस केन्द्रिय सदस्य रमेश लेखकले कांग्रेसभित्र अलिअलि द्धन्द्ध भएको र संचारमाध्यमले द्धन्द्ध बढाउने काम गरेको बताए ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता लेखकले ठट्यौली पारामा भने, “त्यसमा अलिअलि ऋषि जिको पनि सहयोग छदैछ ।”

धमलाले भने, कांग्रेसमा द्धन्द्ध बढ्नुमा मेरो सहयोग छ ?
लेखक : अलिअलि द्धन्द्ध पनि भएको छ । ऋषिजीको पनि त्यसमा पर्याप्त सहयोग छदैछ ।
धमला :  त्यसो भए ऋषि धमलाको कारणले कांग्रेसमा द्धन्द्ध बढ्यो ? (हाँस्दै)
लेखक : हैन, मैले प्रतिकात्मक रुपमा भनेको । संचारमाध्यमको पनि भूमिका छ । द्धन्द्ध पनि अलीअली छ । मैले ठट्टा पनि गरेको है ऋषि जी । (हाँस्दै)

त्यसपछि समान्य कुराकानी सुरु भयो ।



प्रतिक्रिया दिनुहोस्