काठमाडौं, ८ चैत्र । संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी हुने चर्चा चलेको धेरै भयो ।तर, अहिलेसम्म फोरम सरकारमा सहभागी नहुँदा अहिले विभिन्न शंका तथा उपशंका उब्जिएका छन् ।
फोरम नेपालका अध्यक्ष् उपेन्द्र यादवासहित दुई जना सरकारमा सहभागी हुने हल्ला चलेको थियो । तर, सत्तारुढ दल एमाले र नेकपा माओवादी केन्द्रले संविधान संशोधनमा लिखित प्रतिबद्धता जनाउनुपर्ने अडान फोरम अध्यक्ष यादवले लिएका छन् ।
फोरमलाई २ वटा महत्वपूर्ण मन्त्रालय दिन समेत प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजी भएका छन् ।