Logo

सर्वोच्चको आदेश : विदेशमा बस्ने नेपालीले पनि भोट हाल्न पाउने



चैत ८, काठमाण्डौ । केही महिनाअघि सम्पन्न निर्वाचनका बेला आफूहरुलाई मत हाल्ने व्यवस्था नगरिएको भन्दै विदेशमा रहेका नेपालीहरुले सरकारको चर्को आलोचना गरेका थिए ।

केही साना दलले पनि विदेशमा रहेका नेपालीलाई मत प्रदान गर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए । तर सरकारले यसबारे खासै चासो दिएन ।

अब भने विदेशमा रहेका तर निर्वाचनका बेला नेपाल आउन नसकेका नेपालीले पन मत प्रदान गर्न पाउने सम्भावना बढेको छ ।
सर्वोच्च अदालतले वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकहरुलाई आफू कार्यरत देशबाटै मतदान गर्ने व्यवस्था गर्न निर्देशनात्मक आदेश दिएको छ ।

न्यायाधीश सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको इजलासले निर्देशनात्मक आदेश दिएको हो ।

यद्यपि आदेशको पूर्ण पाठ आएको छैन । वैदेशिक रोजगारमा गएकाहरुको मतदानको हक सुनिश्चित गर्न माग गर्दै ‘सामाजिक न्यायका लागि कानुन नीति नियम मञ्च’ले १४ वैशाख २०७३ मै सर्वोच्चमा रिट दायर गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्