Logo

कांग्रेस बैठकमा हिन्दूराष्ट्रदेखि राजसंस्थाको एजेण्डा उठ्ने



काठमाडौं, ८ चैत्र । भोलि विहान ११ बजेबाट सुरु हुने नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिको बैठकमा नेताहरुले आ आफ्नै एजेण्डा लिएर प्रस्तुत हुने तयारी थालेका छन् ।

चुनावी हारको समिक्षा गर्न बस्ने बैठकमा नेताहरु आफ्नै एजेण्डा लिएर प्रस्तुत हुँदैछन् । निर्वतमान प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाले नयाँ प्रस्ताव तयार पारेका छन् ।

उनले पदाधिकारी चयन गर्नेगरि नयाँ प्रस्ताव पारेका छन् । जसमा उपभासपति र महामन्त्री मनोनित गर्ने समेत समेटिएको छ । देउवाले नेता विजयकुमार गच्छदारलाई उपसभापति र पूर्णबहादुर खड्कालाई महामन्त्री बनाउने अन्तिम तयारी थालेका हुन् ।

त्यस्तै उनले गच्छदारलाई १५ जना आमन्त्रित केन्द्रिय सदस्य पनि दिने भएका छन् । पार्टी एकता हुनुअघि नै देउवा र गच्छदारवीच यस विषयमा सहमति भएको थियो ।

यता बरिष्ठ नेता रामचन्द पौडेल भने पदाधिरकाी बढाउने पक्षमा छैनन् । उनले देउवाको यो तयारीमा तिव्र असन्तुष्टि जनाउने भएका छन् ।

तर युवा नेताहरु त महामिति हुँदै अर्ली महाधिवेशन बोलाउनुपर्ने पक्षमा छन् । उनीहरुले सोही अनुसार आफ्ना एजेण्डाको भोलि हुने बैठकमा उठान गर्नेछन् । यो समूहको नेतृत्व गगन थापाले गरेका छन् ।

त्यस्तै अर्का युवा नेता चन्द्र भण्डारीको नेतृत्वको एउटा समूहले संवैधानिक राजसंस्था र हिन्दूराष्ट्रको बारेमा एजेण्डा उठान गर्ने भएको छ । उता पूर्व अर्थमन्त्री समेत रहेका नेता डा. रामशरण महतको प्रसताव भने संघीयता नै नेपालको लागि महँगो हुने भन्दै पूर्नविचार गर्नुपर्नेमा केन्द्रित रहनेछ ।



प्रतिक्रिया दिनुहोस्