Logo

रजत वर्षका अवसरमा तालीम



पोखरा, ९ चैत  : नेपाल ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल(टान) पश्चिमाञ्चल क्षेत्रीय संघ स्थापनाको रजत वर्षका अवसरमा टान सम्बद्ध व्यवसायीलाई लक्ष्य गरी आयोजित व्यवसाय व्यवस्थापन तालीम आजदेखि शुरु भएको छ ।

पोखराको लेकसाइडस्थित होटल रानीवन अर्किटमा दुई दिनसम्म चल्ने उक्त तालीममा टानमा आवद्ध ६५ जना व्यवसायी सहभागी भएको टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष दीपक अधिकारीले जानकारी दिनुभयो ।

अधिकारीका अनुसार पर्यटनलगायत विभिन्न क्षेत्रमा तीन हजारभन्दा बढी विषय विज्ञ रहेको विदेशी संस्था पुम नेदरल्याण्डका प्रशिक्षकले व्यवसायीलाई तालीम दिनुहुनेछ । व्यवसायलाई व्यवस्थित एवं प्रभावकारी बनाउन तालीम अत्यन्त उपयोगी हुने विश्वास लिइएको अध्यक्ष अधिकारीले बताउनुभयो ।(रासस)



प्रतिक्रिया दिनुहोस्