Logo

प्रधानमन्त्रीको भारत भ्रमणबारे क्याविनेटमा किन सहमति भएन ?



काठमाडौं, १२ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणबारे आजको क्याविनेटमा छलफल नभएपछि ओलीको पहिलो विदेश भ्रमण भारत कि चीन भन्नेबारे अन्यौल देखिएको छ ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकमा आज प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारत हुने भनिएकोबारे सहमति खोजिने विश्वास लिईएको थियो । तर, यो विषयमा कुनै छलफल नै भएन् ।

प्रधानमन्त्री निकट उच्च स्रोतका अनुसार प्रधानमनत्री पहिले चीन जाउन भन्ने एमालेभित्र एउटा समूह सक्रिय छ । उता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दााल प्रचण्डले प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण भारतबाटै हुने खुलासा धमलाको हमलामा पत्रकार ऋषि धमलासँग गरेका थिए । तर, आजको क्याविनेटमा यसबारेमा कुनै छलफल वा सहमति नै भएन् ।

प्रधानमन्त्री ओलीले यही चैत्र २३ गतेदेखि तीन दिने भारत भ्रमण गर्ने चर्चा भएको थियो । यदि उनको भ्रमण चैत्र २३ गतेबाटै हुने हो भने अब जम्मा एक सातामात्रै समय छ । आज वा भोलिभित्रै यो विषयमा छलफल भएर सहमति हुनुपर्दथ्यो । तर यसबारेमा कुनै सहमति भएन् ।

मित्रराष्ट्र भारतले त प्रधानमन्त्री नरेन्द्र मोदीले पनि प्रधानमन्त्री ओलीलाई स्वागत गर्न आँतुर रहेको प्रतिक्रिया दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्