Logo

राणाले लगानी वृद्धि गर्न आग्रह गर्ने



काठमाडौँ, १२ चैत  : राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर जबरा स्वास्थ्य परीक्षणका लागि आज भारत प्रस्थान गर्नुभएको छ ।

नयाँदिल्लीस्थित आयुर्वेदिक अस्पतालमा नियमित स्वास्थ्य परीक्षणपछि उहामँको भारतीय जनता पार्टीका शीर्ष नेतृत्वसँग भेटघाटको कार्यक्रम तय गरिएको पार्टीका प्रवक्ता राजेन्द्र गुरुङले जानकारी दिनुभयो ।

उहाँले भारतीय नेताहरूसँगको भेटका साथै औद्योगिक लगानी वृद्धि गर्न उद्योगीहरुलाई आग्रह गर्नुहुनेछ । करीब एक साताको भ्रमणका क्रममा उहाँले पारिवारिक भेटघाट र केही सामाजिक कार्यमा पनि सहभागिता जनाउनुहुनेछ ।(रासस)



प्रतिक्रिया दिनुहोस्