Logo

काँग्रेस बैठकमा आज पनि चुनावी समिक्षा



काठमाडौं, १३ चैत्र । चुनावको समिक्षाका लागि बोलाइएको कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि अहिले केहीबेरपछि बस्न लागेको छ । गत ९ गतेबाट जारी बैठकमा संस्थान पक्ष र असन्तुष्ट पक्षले आलोपालो एक अर्कोको चर्को आलोचना गर्दै आइरहेका छन् ।

संस्थापन पक्षइतरका नेताहरूले चुनावी हारकोप्रमुख कारण नेतृत्व र नेतृत्वको कार्यशैली रहेको भन्दै आरोप लगाउँदै आएको छ भने संस्थापन पक्षले सामूहिक रूपबाट गरिएको निर्णयको जिम्मेवारी सामूहिक रूपमा नै लिइनुपर्ने तर्क गर्दै आएका छन् ।

बैठकको पहिलो दिन शुक्रबार पार्टीका पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले निर्वाचनमा पराजयको प्रमुख कारण सभापति देउवाको कार्यशैली भएको आरोप लगाउनु भएको थियो । बैठकमा बोल्नेहरुले युरोपियन युनियनले निर्वाचन पर्यवेक्षणका नाममा आफ्नो अधिकार क्षेत्र नाघेको भन्दै आलोलना पनि भएको छ ।



प्रतिक्रिया दिनुहोस्