Logo

काठमाडौँको पुरानो सभ्यतालाई अन्तर्राष्ट्रिय क्षेत्रमा फैलाउन सकिने



काठमाडौँ, १३ चैत : काठमाडौँको प्राचीन सभ्यता र संस्कृतिलाई अन्तर्राष्ट्रिय तहमा ण्ण्प्रवद्र्धन गर्ने उद्देश्यले यहाँका जनप्रतिनिधिले स्वयम्भूनाथ र वसन्तपुर दरबार क्षेत्रसलगायतको अनुगमन गरी स्थानीयवासीको सुझाव संकलन गरेका छन् ।

विश्वसम्पदा सूचीमा सूचीकृत त्यस क्षेत्रको प्राचीन संरचनालाई जीवन्त राख्दै ‘सम्पदा मार्ग’ का रुपमा सञ्जालमा जोड्ने उद्देश्यले सो सुझाव लिइएको हो ।

विश्वसम्पदा उत्सव मूल समारोह समितिको आयोजनामा आज गरिएको अनुगमनमा उक्त क्षेत्रका बासिन्दाले सञ्जाल विस्तार गर्दा त्यस क्षेत्रका मठ, मन्दिर, विहार, चैत्यलगायत सम्पदाका ऐतिहासिक पक्ष र विशेषतालाई कायम राख्नुपर्ने सुझाव दिएका छन् ।

सांस्कृतिक विविधताले भरिएको नेपाली समाजका फरक फरक परम्परा र मान्यतालाई संरक्षण गरी सञ्जालमा जोड्न सके यस क्षेत्रमा पर्यटक आकर्षित गर्न सकिनेमा स्थानीयवासीले जोड दिएका छन् ।

सांसद जीवनराम श्रेष्ठले उक्त क्षेत्रमा हिन्दू र बौद्ध धर्मावलम्बीका धेरै सम्पदा तथा पार्टी पौवा रहेको बताउँदै ती सबैलाई व्यवस्थित तरिकाले संरक्षण गर्न सकेमा काठमाडौँको पुरानो सभ्यतालाई अन्तर्राष्ट्रिय क्षेत्रमा फैलाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।

प्राचीन समयदेखि नै नेपाली कला, कौशलको प्रयोगबाट निर्माण भएका सम्पदाले तत्कालीन समयमा नेपाली समाज सभ्यताको उत्कर्षमा पुगेको सन्देश प्रवाह गर्न सकेमा पर्यटन क्षेत्रको समेत विकासमा योगदान पुग्ने उहाँले बताउनुभयो ।

वडाध्यक्षहरू ईश्वरमान डंगोल, न्हुछेकाजी महर्जन, शशीलाल श्रेष्ठले ‘विश्व सम्पदास्थलदेखि विश्व सम्पदास्थलसम्मको यात्रा’को अवधारणा संसारमा नौलो प्रयोग हुने र यसले दीर्घकालसम्म महत्व राख्ने हुँदा सरोकार पक्षको सहयोगको अपेक्षा गर्नुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्