Logo

सबैको एकमात्रै लक्ष्य अब देशको विकास हुनुपर्छ : प्रधानमन्त्री



काठमाडौं, १५ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले अब सबैको एकमात्रै लक्ष्य देशको विकास र समृद्धि हुनुपर्ने बताएका छन् ।

नेपाल जैन परिषद्ले आयोजना गरेको भगवान महावीरको २६१७ औं जन्म कल्याण महोत्सवको बिहीबार उद्घाटन गर्दै उनले सबैको एकमात्र लक्ष्य देश निर्माण हुनुपर्नेमा जोड दिएका हुन् ।

उनले सबै जात, धर्म र सम्प्रदाय मिलेर राष्ट्रको समृद्धिमा लाग्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले देशमा शान्ति कायम गर्न हरेक सम्प्रदाय र व्यक्तिको उत्तिकै सहयोग आवश्यक पर्ने पनि बताए ।

उनले भने,‘‘अब सबै जात, धर्म, सम्प्रदायले देश र देशबासीको हित,सुख र समृद्धिमा लाग्नुपर्छ, देश निर्माणकै लागि संघीयता र लोकतान्त्रिक गणतन्त्र स्थापना गरिएकोले यसको प्रवद्र्धनमा सबै लाग्नुपर्छ ।’ समाजलाई शान्तिपूर्ण गोरेटोमा हिंडाउन महावीर जैनको महत्वपूर्ण भूमिका भएको प्रधानमन्त्री ओलीले स्मरण गरे ।



प्रतिक्रिया दिनुहोस्