Logo

रिपोर्टस क्लबको स्थापना दिवस : पत्रकारलाई सम्मान, प्रधानमन्त्री ओलीको सम्बोधन



काठमाडौ, १७ चैत्र । रिपोर्टर्स क्लव नेपालले यस वर्षको गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार कान्तिपुर पब्लिकेशनद्धारा प्रकाशित ‘साप्ताहिक’ का प्रधान–सम्पादक सुवास ढकाललाई प्रदान गर्ने निर्णय गरेको छ ।

नेपाली राजनीतिका महानायक नेपाली काँग्रेसका पुर्व सभापति, पुर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापीत यो पुरस्कार तीन दशक भन्दा बढिदेखि पत्रकारितामा शक्रिय पत्रकार ढकाललाई प्रदान गर्ने निर्णय गरिएको हो ।

रिपोर्टर्स क्लव नेपालका सभापति ऋषि धमलाको सभापतित्वमा शुक्रबार बसेको पुरस्कार छनौट समितिको बैठकले छापा माध्यमबाट देश, जनता, लोकतन्त्र, दिगो शान्ति र व्यवसायिक पत्रकारिताका पक्षमा योगदान पु¥याएबापत १ लाख रुपैयाँ राशीको यो पुरस्कार ढकालाई प्रदान गर्ने निर्णय गरेको हो ।

यसअघि यो पुरस्कार बरिष्ठ पत्रकार हरिहर विरही, अमित ढकाल, कविर राणा र गुणराज लुँईटेललाई प्रदान गरिएको थियो । ढकाल नारी मासिकका संस्थापक सम्पादक समेत हुन् । ०३७ सालदेखि पत्रकारितामा प्रवेश गरेका ढकालले यसअघि देशान्तर साप्ताहिक पूर्वाञ्चल प्रतिनिधि ९२०४१०, सुरुचि साप्ताहिकका विशेष प्रतिनिधि ९२०४७०, स्वतन्त्रता साप्ताहिकको बरिष्ठ सम्पादक ९२०४८०, जनस्वतन्त्रता साप्ताहिकको सम्पादक ९२०५०० र सर्वोत्तम मासिकको सम्पादक ९२०५२० भएर काम गरिसकेका छन् ।

मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार श्रेष्ठलाई

यसैगरी यो वर्षको मदन भण्डारी स्मृती पत्रकारिता पुरस्कार दृष्टि साप्ताहिकका प्रकाशक एवम् संस्थापक सम्पादक शम्भु श्रेष्ठलाई प्रदान गरिने निर्णय गरेको छ ।
नेपाली राजनीतिका चर्चित हस्ती, जनताको बहुदलीय जनवादका प्रणेता, विचारक एवं कुशल वक्ता एमालेका पुर्व महासचिव मदनकुमार भण्डारीको स्मृतिमा स्थापित यो पुरस्कारको राशि १ लाख रुपैयाँको छ । श्रेष्ठ विगत चार दशक भन्दा अघिदेखि पत्रकारितामा सक्रिय छन् । क्लबले पहिलोपटक यो पुरस्कार वितरण गर्ने भएको हो ।

यो वर्षको वीरेन्द्र शाह स्मृति पत्रकारिता पुरस्कार राजधानी दैनिकका कार्यकारी सम्पादक डिल्ली आचार्यलाई प्रदान गरिने भएको छ । आचार्यलाई प्रदान गरिने पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ । आचार्य विगत डेढ दशकदेखि पत्रकारितामा सक्रिय छन् । उनी राजधानी दैनिकमा प्रमुख सम्वाददाता हुँदै अहिले कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

यसैगरी यो वर्षको कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघका उपाध्यक्ष एवम् नेपाल टेलिभिजनका सम्वाददाता दिलिप थापा मगरलाई प्रदान गरिने भएको छ । विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय थापालाई दिइने यो पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको छ ।

यसैगरि कृष्णसेन ईच्छुक स्मृती पत्रकारिता पुरस्कार द हिमालयन टाईम्सका विशेष सम्वाददाता रेवती सापकोटालाई प्रदान गर्ने निर्णय गरिएको छ । यो पुरस्कारको राशि २० हजार रुपैयाँ छ । सापकोटा लामो समयदेखि पत्रकारितमा सक्रिय छन् ।

यसैगरि यो वर्षको रिपोर्टर्स क्लब नेपाल सर्वोत्कृष्ट युवा पत्रकारिता पुरस्कार अन्नपुर्ण पोष्ट दैनिकका बरिष्ठ सम्वाददाता नरेन्द्र साउदलाई प्रदान गरिने भएको छ । साउदलाई प्रदान गरिने यो पुरस्कारको राशि २० हजार रुपैयाँ रहेको छ । साउद लामो समयदेखि पत्रकारितमा सक्रिय छन् ।

यसैगरी यस वर्षको बाबुछिरी फोटो पत्रकारिता पुरस्कार नागरिक दैनिकका फोटो पत्रकार विजय राईलाई प्रंदान गरिने निर्णय गरिएको छ । राजनीतिक संक्रमणकाल, भुकम्पलगायतका कठिन घडीमा साहसपुर्वक फोटो पत्रकारिता गरी ख्याँति कमाएका पत्रकार राईलाई दिइने यो पुरस्कारको राशी २० हजार रुपैयाँ रहेको छ ।

यसैगरी यो वर्षको उमा सिंह स्मृती पत्रकारिता पुरस्कार देशसञ्चार डटकमकी संवाददाता ९संयोजक० दीपा दाहाललाई प्रदान गरिने निर्णय गरिएको छ । नारी साप्ताहिक, रेडियो कान्तिपुर र अन्नपुर्ण पोष्ट दैनिक लगायतका पत्रिकामा काम गरिसकेकी दाहाललाई दिइने यो पुरस्कारको राशी १५ हजार रुपैयाँ रहेको छ ।

यो वर्षको उत्कृष्ट युवा पत्रकारिता पुरस्कार गोरखापत्र दैनिकका समचारदाता भउचप्रसाद यादवलाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशि १० हजार रुपैयाँको छ । यादव विगत डेढ दशकदेखि पत्रकारितमा सक्रिय छन् ।

यी पुरस्कार यही चैत्र १७ गते शनिबार रिपोर्टर्स क्लव नेपालको वीसौं वार्षिकोत्सवका अवसरमा काठमाडौंस्थित् राष्ट्रिय सभागृहमा आयोजना गरिने विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा प्रदान गरिनेछ ।

कार्यक्रमका अवसरमा प्रधानमन्त्री ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतले विशेष सम्बोधन गर्दैछन् ।



प्रतिक्रिया दिनुहोस्