Logo

नाइजेरियामा सशस्त्र लुटेराको आक्रमण, कम्तीमा ३२ जनाको मृत्यु



चैत १७, काठमाण्डौ । नाइजेरियाको उत्तरपश्चिमी क्षेत्र जाम्फारामा सशस्त्र लुटेराले आक्रमण गर्दा कम्तीमा ३२ जनाको ज्यान गएको छ भने केही हराइरहेका छन् ।

मृत्यु हुनेमा केही महिला तथा बालबालिकासमेत रहेको बताइएको छ ।

सन् २०१८ को खेती लगाउने समयसँगै हुनसक्ने लुटेराको आक्रमणलाई प्रतिकार गर्ने योजना बनाउन स्थानीय बवन दाजी गाउँमा भेला भएका गाउँलेहरूमाथि लुटेरा समूहले बिहीबार आक्रमण गरेको सिन्ह्वाले जनाएको छ ।

समाचार अनुसार, लुटेराले आक्रमण गर्नु पहिले गाउँमा कुनै खेतीजन्य गतिविधि नगर्न चेतावनी दिएका थिए । तर चेतावनीविपरीत खेतीकार्यमा लागेपछि गाउँलेहरुमाथि आक्रमण भएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्