Logo

सबै तयारी पूरा भएपछि अस्थायी शिक्षकको परीक्षा स्थगित



चैत १७, काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीको निर्देशन संगै अस्थायी शिक्षक ब्यवस्थापनका लागि तोकिएको परीक्षा स्थगित भएको छ । पटक पटक मिति तोकिएर पनि स्थगित हुँदै आएको परीक्षा यस पटक ८ दिन बाँकी रहँदा स्थगित भएको छ । परीक्षा स्थगित गर्न माग गर्दै अस्थायी शिक्षकको एक समूह र विद्यार्थी सँगठनहरुको समर्थनमा एक समूह अनसनमा थियो ।

परीक्षाको विरोधमा आफ्नै भातृ संगठन उत्रिएपछि प्रधानमन्त्रीललाई परीक्षा स्थगित गर्न दवाव परेको थियो । ओलीले बुधबार शिक्षा मन्त्री गिरिराजमणि पोखरेल र अर्थ मन्त्री युवराज खतिवडा सहित आयोगका पदाधिकारीलाई बोलाएर छलफल गरेका थिए ।

उक्त छलफलमा ऐनको आठौं संशोधन, पुरै खुल्ला विज्ञापन कि नवौं अनुसार अघि बढ्ने भन्ने बारेमा छलफल भएको थियो । आफ्ना पालामा खुल्ला विज्ञापन गर्न सके रोजगारी सृजना हुने र सकारात्मक शन्देश प्रवाह हुने निष्कर्ष संगै ओलीले खुल्ला विज्ञापन गरेर अघि बढ्न शिक्षा मन्त्रीलाई निर्देशन दिएका श्रोतले जनाएको छ ।

उक्त निर्देशन पछि मन्त्री पोखरेलले परीक्षा स्थगित गर्ने निर्णय गरेका श्रोतले जनाएको छ । परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयले बिहीबारै गरेको मन्त्री स्तरीय निर्णयको पत्र प्राप्त भएसँगै परीक्षा हुन ८ दिन बाँकी रहँदा आयोगले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

आन्तरिक प्रतियोगिताबाट मात्रै शिक्षकको सबै रिक्त पदहरु पूर्ति हुन नसक्ने भएकोले आन्तरिक र खुल्ला विज्ञापनसंग सँगै गर्न भन्दै शिक्षा मन्त्रालयले पत्र पठाएको थियो ।आन्तरिक र खुल्ला विज्ञनपन सँग सँगै गरी शिक्षक पदपूर्तिलाई ब्यवस्थापन गर्दा उपयुक्त हुनेु शिक्षा मन्त्रालयको पत्र पछि आयोगले सूचना निकालेर परीक्षा स्थगित भएको सार्वजनिक गरेको छ ।

यस अघि आयोगले परीक्षाको सबै तयारी भएको जनाएको थियो ।



प्रतिक्रिया दिनुहोस्