Logo

राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७४ संसदमा पेश



चैत १७, काठमाण्डौ । ’राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश२०७४’ संसदमा पेश भएको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सो अध्यादेश पेश गरेका हुन् ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले गत कात्तिक ६ गते चिकित्सा शिक्षा अध्यादेश जारी गरेको थियो । राष्ट्रपतिले कात्तिक २४ गते त्यसलाई प्रमाणीकरण गरेकी थिइन् ।

राष्ट्रपतिबाट प्रमाणीकरण भइ जारी भएको अध्यादेश संघीय संसदको अधिवेशन प्रारम्भ भएको साठी दिनभित्र स्वीकार नगरे खारेज हुने व्यवस्था छ । तर, अघिल्लो सरकारले ल्याएको अध्यादेश नयाँ सरकारले पारित गराउन लागेको हो ।



प्रतिक्रिया दिनुहोस्