Logo

प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत, भ्रमणमा ३ जना मन्त्री जाने



काठमाडौँ, २० चैत्र । मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको चैत २३ देखि २५ गते हुने भारत भ्रमण स्वीकृत गरेको छ ।
मंगलबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रधानमन्त्रीको भ्रमण स्विकृत गरेको हो ।

त्यस्तै बैठकले प्रधानमन्त्री ओलीसँगै ३ जना मन्त्रीहरु भारत भ्रमणमा जाने टुंगो लगाएको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद वाँस्कोटाले जानकारी दिए।

बैठकले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४ र बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, २०७४ लाई संसदमा टेबुल गर्ने समेत निर्णय गरेको छ।



प्रतिक्रिया दिनुहोस्