Logo

प्रधानमन्त्रीको भारत भ्रमणमा नयाँ सम्झौता हुँदैन् : प्रचण्ड



चितवन, २० चैत्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा नयाँ सम्झौता नहुने स्पष्ट पारेका छन् ।

मंगलबार अपरान्ह चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले भारतीय मीडियाहरुमा आएजस्तो महाकाली सन्धि र अन्य नयाँ कुनै पनि विषयमा सम्झौता नहुने बताए ।

भ्रमण दुई देश बीचको मित्रता सम्बन्ध सुधारका लागि मात्र सीमित हुने बताउँदै उनले भने, ‘भ्रमण दुई देशीय सम्बन्धमा केन्द्रित हुन्छ।’

 



प्रतिक्रिया दिनुहोस्