चैत २२, काठमाण्डौ । गएराति सम्पन्न च्याम्पियन्स लिगको खेलमा बार्सिलोनाले रोमालाई ४–१ गोल अन्तरले पराजित गरेको छ ।
लुइस स्वरेजले झण्डै एक वर्षमा पहिलो गोल गर्दा बार्सिलोनाले रोमालाई हराएको हो ।
घरेलु मैदान नाउक्याम्पमा भएको खेलमा बार्सिलोनाका सुरुवाति दुई गोल भने उपहार थियो ।
३८ औं मिनेटमा लिओनल मेस्सीबाट बल टाढा लैजान खोज्दा रोमाका डि रोसीले आत्मघाती गोल गरेपछि बार्सिलोनाले अग्रता लियो । ५५ औं मिनेटमा मोनालोसले पनि आत्मघाती गोल गरे । चार मिनेटपछि नै जेरार्ड पीकेले गोल गरे ।
खेलको ८० औं मिनेटमा इडेन जोकोले घरेलु टोलीका लागि गोल गरे । तर, ८७ औं मिनेटमा स्वरेजले गोल गर्दै बार्सिलोनाको ४(० को सहज जित पक्का गरे ।
यो जित बार्सिलोनाले गरेको प्रदर्शनभन्दा राम्रो हो किनकी उसले सुरुवाति दुई गोल त उपहारमै पाएको थियो । नाउक्याम्पमा रोमाबाविरुद्ध बार्सिलोनाले आफ्नो बास्तविक खेल खेल्न सकेको थिएन ।
उसको बलमा नियन्त्रण र आक्रामक खेल थिएन । दोस्रो हाफमा लिओनल मेस्सीको प्रदर्शन केही सुधारिएको थियो तर, अपेक्षाकृत थिएन ।