Logo

ओलीलाई एयरपोर्टमा रिसिभ गर्न गृहमन्त्री राजनाथ



नयाँ दिल्ली, २३ चैत्र । तीन दिने भारतको राजकीय भ्रमणमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली नेपालबाट नयाँ दिल्ली प्रस्थान गरिसकेका छन् । ५४ सदस्यीय जम्बो टोली लिएर उनी भारत प्रस्थान गरेका छन् ।

ओलीलाई ईन्दिरा गान्धी अन्र्तराष्टिय विमानस्थलमा रिसिभ गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नै आउने चर्चा चलेको थियो । तर, भारतीय उच्च अधिकारीहरुले दिएको जानकारी अनुसार मोदी पार्टीकै स्थापना दिवसको अवसरमा एक कार्यक्रममा सहभागी हुनु परेकोले ओलीलाई रिसिभ गर्न गृहमन्त्री राजनाथ सिंह  आउने भएका हुन् ।

नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलाले दिएको जानकारी अनुसार सिंह आउने भएका हुन् । भारत सरकारको निर्णय अनुसार ओलीलाई रिसिभ गर्न अर्थराज्यमन्त्री शिवप्रताप शुक्लालाई पठाउने गरिएको थियो । । तर, एकथरिले बरिष्ठ मन्त्री पठाउनुपर्नेमा जोड दिएकोले गृहमन्त्री राजनाथ सिंह नै रिसिभ गर्न आउने भएका हुन् । 



प्रतिक्रिया दिनुहोस्