Logo

शेयरबजारमा उत्साह थपिदै, यस्तो छ साताभरको शेयरबजार



चैत २३, काठमाण्डौ । साताको पहिलो दिन दोहोरो अंकले घटेको शेयरबजारमा साताको अन्तिमतिर आइपुग्दा उच्च अंकले बढेको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जमा १८१ कम्पनीहरुको कारोबार भएको भयो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ५४.१५ अंकले बढेर अन्तिम दिन १२५०.३९ अंकमा पुगेको छ ।

यो हप्ता शेयरबजारले लगानीकर्तालाई केही उत्साह प्रदान गरेको छ । साताको पहिलो दिन दोहोरो अंकले घटेको शेयरबजारमा साताको अन्तिमतिर आइपुग्दा उच्च अंकले बढेको छ । बुधबार २७ अंकले बढेको नेप्से विहिबार पनि २३ अंकले बढेको थियो ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ५४.१५ अंकले बढेर अन्तिम दिन १२५०.३९ अंकमा पुगेको छ । यस साता नेपाल स्टक एक्सचेन्जमा १८१ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २७६३३ कारोबारबाट एक अर्ब ६९ करोड ७७ लाख ९२ हजार रुपैयाँ बराबरका ५४ लाख ५० हजार २ सय ६० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।

कारोबार रकम गत साताको भन्दा १०.१७ प्रतिशतले घटेको हो । गत साता १८० कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार २७५२२ कारोबारबाट एक अर्ब ८८ करोड ९९ लाख ७९ हजार रुपैयाँ बराबरका ५८ लाख ९५ हजार ३० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

यसैगरी समूहगत परिसूचकहरुमा साताभरमा वाणिज्य बैँकको सुचक ३९ अंकले बढेको छ भने विकास बैँकहरको सुचक ७८ अंकले बढेको छ । त्यसैगरी वित्त समुहको १४, लघुवित्तको ९५, होटलको ५६, जलविद्युतको ७९, बिमाको ३ सय ८४ अंकले बढेको छ । अन्य समुहहरुमा उत्पादनमुलक समुहको १ सय ३, व्यापारको २ र अन्य समुहको सुचक २३ अंकले बढेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ११.२ अंकले बढेर २६६.८९ अंकमा आईपुगेको छ । यस साता कारोबार रकम (७ करोड ६७ लाख ३० हजार रुपैयाँ) को आधारमा नविल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (एक लाख ५० हजार कित्ता) को आधारमा भने जनता बैंक नेपाल लिमिटेड अग्रस्थानमा रहेको छ ।

त्यसैगरी कारोबार संख्या (२११५ वटा) को आधारमा राधी विद्युत कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । सातामा सर्वाधिक रकमको कारोबार भएका ५ कम्पनीहरुमा क्रमशः नविल बैंक लिमिटेड, स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड, नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड रहेका छन् । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो ।

यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन । यस साता सूचिकरण तर्फ सहयोगी विकास लिमिटेड, ज्योति विकास बैंक लिमिटेड, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड, स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल बङ्लादेश बैंक लिमिटेडको शेयर सूचीकृत भएको छ । पछिल्लो समय निरन्तर ओरालो लागेको बजारमा राम्रा कम्पनीहरुको सेयर भाउ समेत निकै सस्तो भइसकेको थियो । यस्तो बेलामा साताको तेस्रो दिनदेखि निरन्तर उकालो तर्फको यात्रा समातेको नेप्सेले भने लगानीकर्तालाई निकै ठूलो राहत दिलाएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले लगानीकर्तालाई भेटेर बजारको नीतिगत सुधारको लागि आफु लाग्ने बताएकोले लगानीकर्ताको केहि मनोबल बढेको अनुमान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्