Logo

सन् २०१८ भित्रै मोदी नेपाल आउने !



नयाँ दिल्ली, २४ चैत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही सन् २०१८ भित्रै नेपाल भ्रमणमा आउने संभावना रहेको छ । भारतीय विदेश मन्त्रालय निकट उच्च स्रोतले दिएको जानकारी अनुसार मोदी सन् २०१८ भित्रै नेपाल जाने तयारीमा छन् । यद्धपी कुन महिना नेपाल जाने भन्नेबारे ती अधिकारीहरुले बताएनन् ।

तीन दिने राजकीय भ्रमणको लागि नयाँ दिल्लीमा रहँदा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीलाई नेपाल भ्रमणको लागि निम्तो दिएका थिए । स्रोतले दिएको जानकारी अनुसार मोदी आँफै नेपाल जाने भएपछि आज हुने भनिएको अरुण तेस्रोको शिल्यान्यास टरेको हो ।

 



प्रतिक्रिया दिनुहोस्