Logo

रुसी र फ्रान्सेली राष्ट्रपतिबीच सिरियाबारे फोनवार्ता



मस्को, २५ चैत / रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र फ्रान्सका राष्ट्रपति इम्यानुएल माक्रोनबीच शुक्रबार टेलिफोन वार्ता भएको छ ।

उहाँहरूले टेलिफोनमा सिरियाको विषयमा कुराकानी गर्नुभएको क्रेमलिनले जनाएको छ ।

रुससँगै इरान र टर्कीका राष्ट्रपतिका बीचमा सिरियालाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहार समान गराउने सहमति भएको बारेमा पुटिनले माक्रोनलाई जानकारी दिनुभएको थियो ।

क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा समान रुपले प्रस्तुत हुने बारेमा पनि उहाँहरूले छलफल गर्नु भएको क्रेमलिनले थप जानकारी दिएको छ ।

पुटिनले सिरियामा मानवीय सहायताको खाँचो रहेको बताउँदै अन्तर्राष्ट्रिय समुदायको ध्यान तान्नुपर्नेमा जोड दिनुभयो । (रासस/सिन्ह्वा)



प्रतिक्रिया दिनुहोस्