Logo

प्रथम नयाँ बसपार्क सडक महोत्सव हुने



काठमाडौं, २६ चैत । प्रथम नयाँ बसपार्क सडक महोत्सव आयोजक समितिले नयाँ वर्षको स्वागत गर्न नयाँ बसपार्क क्षेत्रमा यही चैत्र ३० गतेदेखि बैशाख १ गतेसम्म २ दिने प्रथम नयाँ वसपार्क सडक महोत्सव आयोजना गर्ने भएको छ ।

०७२ साल बैशाख १२ र २९ गतेको विनाशकारी भुकम्पबाट यस क्षेत्रलाई लिएर स्वदेश तथा विदेशमा पर्न गएको नकारात्मक सन्देशलाई मध्यनजर गर्दै आन्तरिक तथा बाह्य पर्यटकहरुलाई नयाँ बसपार्क क्षेत्र सबै हिसाबले उपर्युक्त हो भन्ने सन्देश दिन यो महोत्सव आयोजना गर्न लागिएको हो ।

उक्त महोत्सव श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टको प्रमुख अतिथ्यतामा ‘सडकमै खाऔं सडकमै रमाऔं’ र ‘आन्तरिक तथा बाह्य पर्यटक प्रर्वद्धन गरौं’ भन्ने मूल नाराका साथ सम्पन्न हुने आयोजकले जनाए ।

आयोजकले भनेको छ,‘नयाँ बसपार्क सडक महोत्स्वमा चैत्र ३० गते राति १२ बजे जाऔं, भव्यताका साथ नयाँ वर्ष ०७५ मनाऔं।’ आयोजकले जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ,‘देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपाली तथा गैर नेपालीहरुलाई नेपाल शान्त र सुन्दर छ भन्ने सन्देश प्रवाह गर्न यो महोत्सव गर्न लागिएको हो।’

उक्त महोसत्वको आयोजकहरुमा मित्रनगर विकास तथा सुधार समिति, सामुदायिक सेवा केन्द्र गोंगबु, नेपाली होटल व्यवसायी संघ, काठमाडौं होटल व्यवसायी संघ, समाज उत्थान महिला मञ्च, काठमाडौं सटर व्यवसायी संघ, तमु होटल व्यवसायी संघ, संयुक्त होटल व्यवसायी संघ, कामनपा वडा नम्बर २६, टोपनपा वडा नं.९, महानगरीय प्रहरी प्रभाव नयाँ बसपार्क, महानगरीय टा«फिक प्रहरी वृत्त नयाँबसपार्क, सामूदायिक प्रहरी सेवा केन्द्र गोंगबु, लोत्से बहुउद्देश्यीय प्रा.लि., आँधीखोला हाउजिङ एण्ड ट्रेडिङ प्रा.लि र बिजी मल प्रालि रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्