Logo

प्रधानमन्त्रीको भारत भ्रमण सफल भएको एमाले–माओवादी निश्कर्ष



काठमाडौं, २६ चैत । सत्तारुढ दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको तीन दिने राजकीय भ्रमण सफल र फलदायी भएको बताएका छन् ।

प्धानमन्त्री ओलीको भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको नेताहरुको दाबी छ । पत्रकार ऋषि धमलासँगको कुराकानीमा एमाले नेता डा. राजन भट्टराईले ओलीको भ्रमण फलदायी भएको बताए । भारतसँग भएका सहमतिले नेपालको आर्थिक विकास तथा समृद्धिको क्षेत्रमा नयाँ आयाम थपेको उनको भनाई छ ।

त्यस्तै भ्रमण दलमा सहभागी माओवादी केन्द्रका नेता दिनानाथ शर्मालेपनि ओलीको भ्रमण पूर्ण रुपमा सफल भएको बताए । भ्रमण द्धिपक्षीय सम्बन्धलाई नयाँ उचाईमा पुर्याउन कोशेढुँगा सावित भएको पनि उनको भनाई थियो ।

सगरमाथाको देशलाई सागरसम्मको पहुँच तथा काठमाडौँलाई भारतको रेल सञ्जालसँग जोड्ने, एकीकृत जाँच चौकीको उद्घाटन र पेट्रोलियम पाइप लाइनको शिलान्यासजस्ता विषयले भ्रमणलाई ऐतिहासिक र महत्वपूर्ण बनाएको छ ।



प्रतिक्रिया दिनुहोस्