काठमाडौं, २६ चैत । प्रमुख प्रतीपक्षी नेपाली कांग्रेसले सरकारले जारी गरेको श्वेतपत्रमा तथ्यांकको अतिरञ्जनापूर्ण तरिकाले व्याख्या गरिएको बताएको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जनतामा आशा र भरोसा दिनु पर्नेमा यो सरकारले ढुकुटी रित्तो छ भने भ्रम पार्न खोजेको बताए।
उनले भने,‘सबै रित्तो थियो हामीले शुन्यबाट सम्वृद्धिको यात्रा थालेका हौं भन्न खोजेको देखियो, इतिहासको वास्ता नगरी आजबाट सुरू हुन्छ भनियो।’
चैत १६ गते अर्थमन्त्री युवराज खतिवडाले संसदमा श्वेतपत्र जारी गर्दै सरकारी ढुकुटी लगभग रित्तिएको बताएका थिए।