Logo

प्रधानमन्त्रीको भारत भ्रमणबारे कांग्रेसका दुई भाइको फरक विचार: डा. प्रकासशरण vs डा. रामशरण



चैत २७, काठमाण्डौ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेताहरुले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणबारे फरकफरक धारणा व्यक्ति गरेका छन् ।

पार्टीका दुई प्रभावशाली नेताद्धय डा.प्रकासशरण महत र डा. रामशरणमहतबिचको धारणा बाझिएको हो ।

पारिवारिक सम्बन्धमा दाजुभाइसमेत रहेका महतद्धयमध्ये प्रकाशले प्रधानमन्त्रीको भारत भ्रमण देशका लागि नभै प्रधानमन्त्री ओलीका लागि व्यक्तिगत रुपमा मात्रै लाभदायक भएको टिप्पणी गरेका छन् ।

सोमबार पार्टी कार्यालय सानेपामा सम्पन्न पत्रकार सम्मेलनमा प्रकाशले नेपाल–भारत सम्बन्ध प्रचण्ड र देउवा सरकारकै पालामा ट्रयाकमा आइसकेको दाबी गर्दै
प्रधानमन्त्री केपी ओलीको भ्रमण व्यक्तिगत सम्वन्ध सुधारका लागि मात्र भएको बताएका हुन् ।
पूर्व परर्राष्ट्रमन्त्रीसमेत रहेका प्रकाशले केपी ओलीले सत्ताबाहिर हुँदा एउटा र सत्तामा आएपछि अर्को कुरा गर्ने गरेको आरोप लगाए ।

अर्का नेता डा. रामशरणले भने प्रधानमन्त्री केपी शर्मा ओलीको तीन दिने भारत भ्रमण सफल र फलदायी भएको बताएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता रामशरणले अहिलेसम्म कुनैपनि प्रधानमन्त्रीको भ्रमण असफल भएको छैन भन्दै ओलीको भ्रमणपनि सफल भएको बताएका हुन् ।

“दुई देशबीचको सम्बन्ध सुधारमा महत्वपूर्ण भूमिका खेलेको छ, भ्रमण फलदायी र उपलब्धिमूलक भएको कांग्रेसको निश्कर्ष छ ।” उनले भने ।



प्रतिक्रिया दिनुहोस्