काठमाडौं, २८ चैत। प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काम प्रगतिबारे स्थलगत अवलोकन गरेका छन् । अवलोकनको क्रममा प्रधानमन्त्री ओलीले तोकिएकै समयमा पूरा गर्न निर्देशन समेत दिएका छन् ।
बुधबार स्थलगत निरीक्षणमा पुगेका प्रधानमन्त्री ओलीले जसरि भएपनि तोकिएकै समयमा आयोजना सक्न निर्देशन दिएका हुन । २०७५ पुस महिनामा पूरा हुने लक्ष्य राखिएको यो ४ सय ५६ मेगावाटको आयोजना हो ।
आयोजनाको लागत ३९ अर्ब २९ करोड हुने आँकलन छ । सुरुमा यो आयोजनाको लागत ३५ अर्ब ३० करोड आँकलन गरिएको थियो ।
प्रधानमन्त्रीसँगै स्थलगत निरीक्षणमा ऊर्जामन्त्री वर्षमान पुन, नेपालका लागि चीनीयाँ राजदुत यु होङ लगायत पुगेका थिए ।