काठमाडौं, २८ चैत । नेपाल भ्रमणमा आएको ३७ सदस्यीय भारतीय युवाहरुको डेलिगेशनसँग नेपालस्थित् भारतीय दुतावासले अन्तरक्रिया गरेको छन् ।
उक्त युवाहरुको टोलीले नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालयको निमन्त्रणमा यही अप्रिल ४ देखि ११ सम्म नेपालको भ्रमण गरेको थियो । युथ एक्सचेन्ज कार्यक्रम दुवै देशबीच सन् २०१४ मै हस्ताक्षर भएको थियो । डेलिगेशनमा भारतका प्रतिष्ठित शैक्षिक संस्थाहरुबाट आईआईटिएस्, एआईआईएमएस्, नेश्नल ल स्कुल अफ ईण्डिया युनिभर्सिटी र राजिव गान्धी नेश्नल ईन्स्टिच्युट अफ युथ डेभलपमेन्टबाट प्रतिनिधित्व छ ।
एक साता लामो नेपाल बसाईमा भारतीय युवाहरुको डेलिगेशनले राष्ट्रिय युवा परिषद नेपाल, नेपाल टुरिज्म बोर्ड, च्याम्बर अफ कमर्स (युवा विभाग) सँग अन्तरक्रिया गरेका थिए ।
त्यस्तै उनीहरुले भ्रमणको दौरान पशुपतिनाथ मन्दिर, भक्तपुर दरबार स्क्वायर, नगरकोट र लुम्बिनि, चितवन र पोखराको पनि भ्रमण गरेको नेपालस्थित् भारतीय दुतावासद्धारा जारी विज्ञप्तीमा भनिएको छ। लुम्बिनीमा उनीहरुले लुम्बिनी विकास कोषका प्रतिनिधिहरुसँगपनि छलफल तथा अन्तरक्रिया गरेका थिए । त्यस्तै पोखरामा पनि नेपाल पर्यटन विकास बोर्डका क्षेत्रिय निर्देशकसँगपनि अन्तरक्रिया गरेका थिए ।
भ्रमण टोलीलाई नेपाल सरकारका युवा तथा खेलकुदमन्त्रीले विदाई भोजको आयोजना समेत गरेका थिए । नेपालको तर्फबाट पहिलो युथ डेलिगेशन भ्रमण तत्कालिन खेलकुदमन्त्री पुरुषोत्तम पौडेलको नेतृत्वमा सन् २०१५ मै सम्पन्न भएको थियो ।
विदाई हुनुपुर्व उनीहरुसँग भारतीय दुतावासले आज अन्तरक्रिया गरेको थियो । भ्रमण टोलीले भारत सरकार र नेपाल सरकारलाई यस्तो आदानप्रदान कार्यक्रम आयोजना गरिदिएकोमा धन्यवाद समेत दिएका थिए । त्यस्तै उनीहरुले नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालयलाई पनि धन्यवाद दिएका थिए ।