Logo

ईक्यानको नयाँ नेतृत्वका लागि बस्नेत र पाण्डे प्यानलसहित मैदानमा, कसले मार्ला बाजी?



चैत २९, काठमाण्डौ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आउँदो बैशाख ८ हुने निर्वाचनका लागि दुई समुहले उम्मेदवारी घोषणा गरेको छ ।

विगतदेखि नै वामपन्थी र लोकतान्त्रिक समुहबिच प्रतिस्पर्धा हुँदै आएकोमा यसपटक पनि ईक्यान स्पष्ट रुपमा दुई ध्रुवमा बाँडिएको छ ।

बस्नेतले लोकतान्त्रिक समुहको नेतृत्व गरेका छन् भने पाण्डेले वामपन्थी धारको अगुवाई गरेका हुन् ।

बुधबार चितवन पुगेर एक कार्यक्रमको आयोजना गर्दै बस्नेत प्यानलले उमेद्वारीको औपचारीक घोषणा गरेको हो । इक्यानको इतिहाँसमै पहिलो पटक काठमाडौँ बाहिरबाट उमेद्वारी घोषणा गरिएको हो ।

काठमाण्डौ बाहिरका जिल्लाहरुमध्ये चितवनमा ईक्यानका सबैभन्दा धेरै सदस्यहरु छन् । त्यसैले पनि मतदाता रिझाउन बस्नेत समुह चितवन पुगेको हो ।

‘२४ महिना २४ काम, सहि नेतृत्व साझा इक्यान’ भन्ने नारासहित उम्मेदवारी घोषणा गरिएको हो । बस्नेत समुहले नारासहित भिजन २०२० का साथ चुनावी मैदानमा होमिएको छ ।

बस्नेत प्यानलको अध्यक्षमा सरोजकुमार बस्नेत, उपाध्यक्षमा राजेन्द्र रिजाल, मेहेशबाबु तिमल्सिना र उमेश ढुंगेल, महासचिवमा सन्तोष प्याकुरेल, सचिवमा विक्रम के.सी र ज्ञानेन्दमान जोशी, कोषाध्यक्षमा सुर्य बहादुर डाँगी, सहकोषाध्यक्षमा राकेस श्रेष्ठले उमेद्वारी घोषणा गरेका छन ।

त्यसैगरि सदस्यहरुमा प्रशान्त शाह, मणिराम रावत, दिपक कोइराला, सुनिता श्रेष्ठ, नवराज खत्री के.सी, हरिराम लामिछाने, सोभित श्रेष्ठ र मोनोरम शाहले उमेद्वारी घोषणा गरेका छन ।

पदाधिकारीसहित १८ सदस्यीय केन्द्रिय समितिका लागि आगामी वैशाख ८ गते ईक्यानको चुनाव हुँदैछ ।

त्यसैगरी विष्णहरि पाण्डे समूहले बुधबार एक औपचारिक कार्यक्रम गरी उम्मेदवारी घोषणा गरेको छ ।

तीन जना उपाध्यक्षका लागि वर्तमान कार्य समितिका प्रथम सचिव देवीदास भट्टराई, वर्तमान कोषाध्यक्ष खड्ग ताम्लिङ लिम्बु रसपना राजभण्डारीले उम्मेद्वारी दिएका छन् ।

त्यस्तै महासचिव पदका लागि शेषराज भट्टराई पाण्डेले उम्मेदवारी दिएका छन् ।
सचिव पदमा श्यामबहादुर कँडेल (सोम) र दीपकराज भुसालको उम्मेदवारी घोषणा गरिएको छ ।

कोषाध्यक्ष पदका लागि गोविन्द अधिकारी र सह–कोषाध्यक्षमा निरुपमा महर्जन अघि सरेका छन् ।

कार्य समितिका ९ सदस्य पदका लागि प्रकाश श्रेष्ठ, पुष्पराज भट्टराई, कर्णबहादुर गुरुङ, वासुदेव दाहाल, यज्ञविलास पौडेल (वाइबी), बालकृष्ण श्रेष्ठ (वि.के), महेश श्रेष्ठ,सुदन चौहान र शुष्मा आचार्यले उम्मेदवारी दिएका छन् ।

अघिल्लो पटक पनि अध्यक्षमा उम्मेदवारी दिएका बस्नेत प्रतिस्पर्धी प्रकाश पाण्डेसँग पराजित भएका थिए । यद्यपी बस्नेत समुहबाट उपाध्यक्षमा राजेन्द्र रिजाल र निरज सिटौला विजयी भएका थिए ।

अहिले अध्यक्षका लागि उम्मेदवार बनेका पाण्डे भने अघिल्लो पटक प्रकाश पाण्डे प्यानलबाट उपाध्यक्षमा विजयी भएका थिए ।

अध्यक्षका प्रत्यासी पाण्डे नेकपा एमालेको माथिल्लो तहसम्मै पहँच राख्न सक्ने व्यक्ति हुन् । जसले गर्दा चुनाव जित्न सफल हुने अनुमान गरिएको छ । उनलाई हालका अध्यक्ष प्रकाश पाण्डे र पूर्व अध्यक्ष राजेन्द्र बरालले समेत समर्थन जनाएको बताइएको छ ।

यता अर्का प्रत्यासी बस्नेतलाई भने अघिल्लो पटक उपाध्यक्षमा विजयी भएका राजेन्द्र रिजाल र निरज सिटौलाले साथ दिएकाले चुनाव जित्न सहज हुने अनुमान गरिएको छ ।

त्यसैगरी अघिल्लोपटक प्रकाश पाण्डे अर्थात त्यसबेला विष्णुहरी पाण्डे समुहबाटै महासचिवमा चुनाव जितेका सन्तोष प्याकुरेल पनि यसपटक बस्नेत समुहमा आएकाले बस्नते सहुम अझै बलियो बनेको अनुमान लगाउन सकिन्छ ।

उम्मेदवारहरुको सुचि हेर्दा बस्नेत समहु बलियो रहेको ईक्यानका सदस्यहरुले बताउने गरेका छन् । तर विगतको नतिजा हेर्ने हो भने ईक्यानमा वामपन्थी समुह नै बलियो देखिदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्