काठमाडौं, २९ चैत । च्याम्पियन्स लिग फुटबल’को खेलमा बार्यन म्युनिखले घरेलु मैदानमा सेभियासँग गोलरहित बराबरी खेले पनि पहिलो लेगमा बनाएको दुई–एकको अग्रताका कारण सेमिफाइनलमा प्रवेश गर्यो । जर्मन लिगको उपाधि विजेता बार्यनले घरेलु मैदानमा पछिल्ला दुई खेलमा ठूलो अन्तरको जित निकालेको भए पनि सेभियाविरुद्ध भने बराबरी खेल्यो ।
१० खेलाडीमा झरेको सेभियाका डिफेन्डर जोयक्विन कोरीले रातो कार्ड पाएका थिए । बार्यन च्याम्पियन्स लिगको सेमिफाइनलमा धेरैपटक पुग्ने दोस्रो टिम हो ।
रियल मड्रिड १३ पटक पुगेको छ भने बार्यनको यो ११ औं च्याम्पियन्स लिगको सेमिफाइनल हुनेछ । एजेन्सीको सहयोगमा