Logo

‘खुला परीक्षापछि मात्र अस्थायी शिक्षकको परीक्षा’



महोत्तरी, २९ चैत  : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षकको खुला परीक्षापछि मात्र अस्थायी शिक्षकको परीक्षा हुने बताउनुभएको छ ।

विभिन्न शिक्षक संगठनले आज बर्दिबासमा आयोजना गरेको शुभकामना तथा बधाई कार्यक्रममा उहाँले यही चैत २३ गते हुने भनिएको परीक्षा स्थगन भएकाले अब शिक्षकको खुला परीक्षापछि मात्र अस्थायी शिक्षकको परीक्षा हुने जानकारी दिनुभयो ।

उहाँले अब चाँडै बाल शिक्षा, विद्यालय शिक्षा र उच्च शिक्षाको समायोजन हुने बताउनुभयो । प्रदेश नं २ मा एक लाख ९१ हजार बालबालिका विद्यालय बाहिर रहेको जानकारी दिँदै मन्त्री पोखरेलले यस वर्षको भर्ना अभियानमा सम्पूर्ण बालबालिकालाई विद्यालयसम्म पु¥याउनमा सबै सरोकार भएकालाई आह्वान गर्नुभयो ।

जिल्ला शिक्षा कार्यालयलाई खारेज गरेर आजैदेखि शिक्षा विकास समन्वय एकाइ समिति गठन गरिएको जानकारी दिँदै मन्त्री पोखरेलले समन्वय समितिमा पाँचदेखि नौ जनाको दरबन्दी रहने बताउनुभयो ।

कार्यक्रममा एकीकृत नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य केदारबहादुर कोइरालाले शिक्षकहरुमा भएको विभेद अन्त्य गर्न मन्त्री पोरखेलसँग आग्रह गर्नुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्