पर्सा, २९ चैत्र । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले नेताहरुको गुटउपगुटले नेपाली पार्टीलाई कमजोर बनाएको आरोप लगाएका छन् ।
नेपाल तरुण दल केन्द्रीय समितिले आज वीरगन्जमा आयोजना गरेको दुईदिने प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै कोइरालाले यस्तो बताएका हुन् ।
उनले ठूला नेताहरुले आ–आफनो गुट उपगुट बनाएकै कारण तीनै तहको निर्वाचनमा पार्टीले हार व्यहार्नु परेको पनि स्पष्ट पारे ।
कोइरालाले काँग्रेसले जनताका पक्षमा गरिएको राम्रा कामबारे जनतालाई बनाउन नसकेको र पार्टी्भित्रको विवादले नै निर्वाचनमा पार्टीले हार व्यहोर्नु परेकाले चार वर्षपछि हुने निर्वाचनकालागि अहिलेदेखि नै तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए ।
काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले जातीय, धार्मिक, सांस्कृतिक, भौगोलिक विविधता रहेको नेपालमा सबैलाई मिलाएर हिँड्ने दक्षता वामपन्थीमा नरहेकाले वामपन्थीको सरकार लामो समय नटिक्ने दाबी गरे । रासस