Logo

ईक्यानको चुनाव प्रचारमा नयाँ शैली, बस्नेत समूह चितवन हुँदै इटहरी पुग्यो



चैत ३०, काठमाण्डौ । आगामी बैसाख ८ गते हुने नेपाल शैक्षिक परामर्श संघ इक्यान निर्वाचनको प्रचार प्रसार तिब्र गतिमा भइरहेको छ ।

ईक्यानको नेतृत्वका लागि हालका उपाध्यक्ष विष्णुहरी पाण्डे र पूर्व उपाध्यक्ष सरोजकुमार बस्नेत प्यानलसहित चुनावी मैदानमा होमिएका छन् ।

बस्नेत समूहले आफ्नो प्रचार प्रसारलाई मोफसल केन्द्रित गरेको छ । इक्यानका सदस्य रहेको मोफसलका विभिन्न जिल्लाहरुमा बस्नेत समुह पुगेको छ ।

समूहले विहिबार पूर्वको इटहरीमा एक अन्तरक्रिया कार्यक्रम गरेर उम्मेदवारहरुको परिचय तथा एजेण्डा प्रस्तुत गर्यो । विशेष कार्यक्रममा पूर्व क्षेत्रका सबै कन्सल्टेन्सी र सरोकारवालाहरु सहभागी सहभागी भएका थिए ।

आफ्ना एजेण्डा तथा सबै उम्मेद्वारहरुका संक्षिप्त परिचय कार्यक्रममा इक्यान पुर्वाञ्चलका अधिकांस उम्मेदवार उपस्थित रहेको उपाध्यक्षका उम्मेदवार महेशबाबु तिमिल्सिनाले जानकारी दिए ।

कार्यक्रममा इक्यानका बर्तमान उपाध्यक्ष निरज सिटौला, हार्बर कलेज अस्ट्रेलियाका नेपाल प्रतिनिधि मुकेस धमला, इक्यान पुर्वान्चलका पुर्व संयोजक दिवाकर लाल चौधरी, वर्तमान उपाध्यक्ष कमल तिम्सिना, सचिब भिम लिङ्गथप लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा भएको व्यापक सहभागिताले अब आफुहरुले जित्नेमा ढुक्क भएको उपाध्यक्ष उम्मेदवार तिमल्सिनाले बताए । कार्यक्रमको संचालन वर्तमान महासचिब तथा पुनः महासचिब उम्मेद्वार सन्तोष प्याकुरेलले गरेका थिए ।

यसअघि यस समुहले चितवनमा पनि प्रचार कार्यक्रम सम्पन्न गरिसकेको छ ।

बस्नेत समुहबाट अध्यक्षमा सरोजकुमार बस्नेत, उपाध्यक्षमा राजेन्द्र रिजाल, मेहेशबाबु तिमल्सिना र उमेश ढुंगेल, महासचिवमा सन्तोष प्याकुरेल, सचिवमा विक्रम के.सी र ज्ञानेन्दमान जोशी, कोषाध्यक्षमा सुर्य बहादुर डाँगी, सहकोषाध्यक्षमा राकेस श्रेष्ठले उमेद्वारी घोषणा गरेका छन ।

त्यसैगरि सदस्यहरुमा प्रशान्त शाह, मणिराम रावत, दिपक कोइराला, सुनिता श्रेष्ठ, नवराज खत्री के.सी, हरिराम लामिछाने, सोभित श्रेष्ठ र मोनोरम शाहले उमेद्वारी घोषणा गरेका छन ।



प्रतिक्रिया दिनुहोस्