Logo

क्यानाडाका प्रधानमन्त्री पेरु, फ्रान्स र बेलायत जाने



ओट्टावा, ३० चैत : क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले बिहीबार तीन देशको भ्रमणको सुरुवात गर्नुभएको छ ।

उहाँले यस पटक पेरु, फ्रान्स र बेलायतको भ्रमण गर्न लाग्नु भएको क्यानाडाको प्रधानमन्त्री कार्यालयका अधिकारीले जानकारी दिएका छन् ।

ट्रुडोले यही अप्रिल १२ देखि १४ सम्म पेरुको भ्रमण गर्ने तालिका रहेको छ । त्यसैगरी १५ देखि १७ सम्म फ्रान्सको र १७ देखि २० सम्म बेलायतको भ्रमण गर्नुहुने भएको छ ।

पेरु भ्रमणका क्रममा उहाँले अमेरिकीहरुको आठौं सम्मेलनमा सहभागीता जनाउनु हुनेछ भने तेस्रो सिइओ सम्मेलनमा मन्तव्य दिने कार्यक्रम रहेको छ । बोल्ने क्रममा उहाँले क्यानाडामा लगानी गर्दा हुने फाइदाका बारेमा जानकारी दिनु हुनेछ ।

त्यसपछि प्रधानमन्त्री टु«डो फ्रान्स पुग्नुहनेछ । त्यहाँ उहाँले व्यपार र लगानीका बारेमा दुई पक्षीय भेटवार्ता र छलफल गर्नुहुने छ । उहाँले जलबायु प्रदुषण, आर्थिक बृद्धि, दुई देशका जनताको फाईदालगायतका विषयमा पनि फ्रान्सका उच्च अधिकारीहरुसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।

उहाँले फ्रान्सको राजधानी पेरिसमा राष्ट्रपति, प्रधानमन्त्री लगायतलाई भेट्नुहुने छ भने फ्रान्सको संसद्लाई पनि विषेश सम्बोधन गर्नुहुने भएको छ ।

भ्रमणको अन्त्यमा क्यानाडाका प्रधानमन्त्री ट्रुडोले बेलायतका प्रधानमन्त्री थेरेसा मेलाई लण्डनमा भेट्नुहुने छ । उहाँहरुकाबीचमा आर्थिक तथा व्यापारिक साझेदारीका बारेमा केन्द्रित रहेर छलफल हुने तालिका रहेको छ ।

उहाँले बेलायतकी महारानी एलिजावेथ द्वितियसँग औपचारिक दर्शनभेट गर्नुहुने प्रधानमन्त्री ट्रुडोको कार्यालयले जनाएको छ ।

सर्वसाधारण झै विना सुरक्षा सडकमा र सार्वजनिक बसमा हिडेर चर्चामा रहेका क्यानडाका प्रधानमन्त्री ट्रुडो संसारकै सेलिब्रेटी प्रधानमन्त्रीका रुपमा चिनिनुहुन्छ । रासस/सिन्ह्वा)



प्रतिक्रिया दिनुहोस्