काठमाडौं, १ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र अहिले नेताहरु गुट परिवर्तन गर्नमा व्यस्त छन् । स्रोतले दिएको जानकारी अनुसार कांग्रेस नेता खुमबहादुर खड्काको निधनसँगै उनी गुटका नेताहरु अहिले सभापति शेरबहादुर देउवातिर लागेका छन् ।
खड्का क्याम्पका नेताहरु देउवातिर लागेपछि बरिष्ठ नेता रामचन्द्र पौडेल समूह कमजोर बनेको छ । सशांक कोइराला, कृष्ण सिटौला र अर्जुनरसिंह केसीपनि आफ्नो गुट बनाउन सक्रिय छन् ।