Logo

चीन भ्रमण नगर्ने प्रधानमन्त्री ओलीको चाहना !



काठमाडौं, १ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ बजेट सार्वजनिक गर्नुअघि मित्रराष्ट चीनको भ्रमण नगर्ने बुझिएको छ ।

परराष्टमन्त्री प्रदिप ज्ञवालीले प्रधानमन्त्रीको चीन भ्रमण गराउने उद्देश्यले तयारी थालेपनि स्वयम् प्रधानमन्त्री ओली भने अहिले चीन जान तयार नरहेको उच्च स्रोतको दाबी छ । ओलीले पहिलो विदेश भ्रमण मित्रराष्ट भारतबाट आरम्भ गरेका हुन् । उनले भारत भ्रमणका क्रममा रेलमार्ग र जलमार्ग निर्माणको लागि महत्वपूर्ण सम्झौताहरु गरेका छन् । ओलीको भ्रमणलाई एमाले र माओवादी केन्द्रले पूर्ण रुपमा सफल र उपलब्धिमूलक रहेको भनेर टिप्पणी गरिसकेका छन् ।

चीनलेपनि ओलीको पहिलो विदेश भ्रमण चीनबाटै सुरु गराउन पहल गरेको भनेर चर्चा भने नभएको होईन् । तर, ओलीले आफ्नो पहिलो विदेश भ्रमण भारतबाटै गरे । यो सँगै चीन ओलीसँग रुष्ट बनेको स्रोतको दाबी छ ।

परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवाली सोमबार चीन भ्रमणमा निस्कने भएका छन्। ज्ञवालीले चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा औपचारिक भ्रमण गर्न लागेको परराष्ट्र मन्त्रालयले एक विज्ञप्तिमार्फत जनाएको छ ।

परराष्ट्र मन्त्री ज्ञवालीले वैशाख २ गते सोमबारदेखि ७ गतेसम्म चीनको भ्रमण गर्ने छन्। वैशाख ४ गते ज्ञवालीले आफ्ना समकक्षी यीसँग दुई पक्षिय वार्ता गर्ने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

ज्ञवालीलाई वैशाख ३ गते चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले स्वागत गर्नेछन्। वैशाख ६ गते ज्ञवालीले चीनको सिचुवान प्रदेशको चेनगुण सहर अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

यस्तै प्रधानमन्त्रीको चीन भ्रमणको तयारीका लागि परराष्ट्र मन्त्री ज्ञवाली चीन जान लागेको समेत बताईएको छ ।



प्रतिक्रिया दिनुहोस्