Logo

चुलाचुली गाउँपालिकाको भवनमा बम बिष्फोट, अनुसन्धान जारी



वैशाख २, काठमाण्डौ । इलाम जिल्लाको दक्षिणी गाउँपालिका चुलाचुलीको भवनमा अज्ञात समूहले बम विष्फोट गराएको छ ।

विष्फोटबाट गाउँपालिकाको सभा हल र कार्यपालिकाको बैठक कक्ष पूर्णरुपमा क्षति भएको छ ।

शनिबार राति ९ बजे कार्यालयमा ठूलो आवाजमा बम विष्फोट भएको थियो । विष्फोटबाट दुईतले भवनका छत भ्वाङ परेको र छानासमेत खसेको छ ।

घटनास्थलमा भेटिएकाभ विष्फोटक पदार्थका अवशेष कुकर बम विष्फोट गराइएको हुन सक्ने बताइएको छ ।

जिल्ला प्रहरी कार्यालयले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्