Logo

राजपा नेता यादवलाई हार्टअट्याक



काठमाडौं, २ वैशाख । प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय यादवलाई हार्टअट्याक भएपछि अस्पताल भर्ना गरिएको छ ।

गृहजिल्ला सलाीहमा शनिबार मन्त्री यादवलाई हार्टअट्याक भएको थियो । अकस्मात ढलेर बेहोस भएका मन्त्री यादवलाई तत्काल हेलिकप्टरबाट उपचारका लागि काठमाडौं ल्याइएको उनको निजी सचिवालयले जनाएको छ ।

स्वास्थ्य खतरामुक्त रहेका मन्त्री यादवलाई बाँसबाँसरीस्थित शहीद गंगालाल हृदय रोग केन्द्रमा उपचार भइरहेको छ । मन्त्री राय बिरामी भएको थाहा पाएपछि आफन्त र शुभेच्छुकहरू भेट्न अस्पताल पुगेको थिए ।

राष्ट्रिय जनता पार्टी नेपालका वरिष्ठ नेता यादव प्रदेश २ मा वन मन्त्री बनेका छन् ।



प्रतिक्रिया दिनुहोस्