Logo

पार्टी एकताबारे छलफल गर्न एमाले बैठक बस्दै



काठमाडौं, २ बैशाख । सत्तारुढ दल नेकपा एमालेले माओवादी केन्द्रसँगको एकताको बारेमा छलफल गर्न तत्काल पोलिटब्यूरो बैठक बोलाउने तयारी गरेको छ ।

माओवादी केन्द्र र एमालेबीच यही बैशाख ९ गते पार्टी एकता गर्ने हल्ला चलिरहेको बेला एमालेले तत्काल यस सम्बन्धमा निर्णय गर्न पोलिटब्यूरो बैठक बोलाउन लागेको हो । एमाले निकट उच्च स्रोतले दिएको जानकारी अनुसार बैशाख ७ गते पोलिटब्यूरो बैठक, स्थायी समिति र केन्द्रिय कार्यसमिति बैठक बोलाउने तयारी गरेको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको हालै सम्पन्न तीन दिने भारत भ्रमणको बारेमा पनि गम्भिर समिक्षा गरिने एक नेताले जानकारी दिए । यसअघि प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमण पूर्ण रुपमा सफल र उपलब्धिमूलक भनेर दाबी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्