Logo

सुकुटे पुगेका प्रचण्ड एमालेसँग एकता गर्ने/नगर्नेबारे छलफलमा : भारत भ्रमणपछि ओलीसँग रुष्ट, ५०/५० को अडान यथावत



काठमाडौं, २ बैशाख । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच यही बैशाख ९ गते एकता गर्ने चर्चा चलिरहकै बेला माओवादी केन्द्रका अध्यक्ष भने एमाले अध्यक्ष केपी शर्मा ओलीसँग रुष्ट बनेका छन् ।

ओली र प्रचण्डबीचको पछिल्लो सम्बन्धबारे मिडियामै टिकाटिप्पणी भैरहेको बेला आज साँझ हुने भनिएको दुई नेताबीचको भेटवार्ता स्थगित् भएको छ । प्रचण्ड आकस्मिक आफ्ना पार्टीका केही नेताहरु लिएर सिन्धुपाल्चोकको सुकुटे बिच पुगेपछि बैठक अन्यौलमा परेको छ ।

स्रोतले दिएको जानकारी प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीको भारत भ्रमणपछि प्रचण्ड ओलीसँग त्यति सन्तुष्ट छैनन् ।

प्रचण्ड आराम गर्न लागि आज एक्कासी सिन्धुपाल्चोकको सुकुटे पुगेपछि त झनै यी दुई पार्टीबीचको एकता अन्यौलमा परेको छ । माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले पत्रकार ऋषि धमलालाई दिएको जानकारी अनुसार प्रचण्डले अहिले एमालेसँग एकता गर्ने कि नगर्ने भन्नेबारे नै छलफल गरेका छन् ।

हुत तनावबाट मुक्त हुन प्रचण्ड सुकेटे पुगेको भनिएको छ । तर, नेता सापकोटाको भनाईलाई आधार मान्ने हो भने प्रचण्ड ओलीसँग रुष्ट बनेका छन् ।
प्रचण्डले एकताको लागि गाउँदेखि केन्द्रसम्म नै ५० ५० हुनुपर्ने बताउँदै आएका छन् ।

ओलीले धोका दिएको भन्दै प्रचण्ड एकताप्रति झनै कडा बन्दै आएका छन् । पछिल्लो समय ओलीको भारत भ्रमणपछि प्रचण्ड ओलीसँग टाढिएका छन् । आज त प्रचण्डले एमालेसँगै पार्टी एकता गर्ने कि नगर्ने भन्नेबारे छलफल सुरु गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्