काठमाडौं, २ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनमा अन्तरघात गर्नेहरुलाई पार्टीबाट निस्काशन नगरेसम्म अघि बढाउन सक्ने अवस्था नरहेको स्पष्ट पारेका छन् ।
देउवाले अन्तरघात गर्नेहरुलाई पार्टीकै बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले कारबाही गर्न नदिएको आरोप लगाउन भ्याए । संयोग कस्तो भने देउवाले आरोप लगाईरहँदा पौडेलले पनि सोही मञ्चमा सँगै थिए ।
प्रजातन्त्रवादी प्राध्यापक संघको कार्यक्रममा देउवाले पौडेलमाथि यस्तो आरोप लगाएका हुन् । अन्तरघातकै कारण पार्टीले ४० सिट गुमाउनु परेको पनि बताएका थिए ।
त्यस्तै, उनले एमाले र माओवादीबीच भएको एकताले पनि निर्वाचनमा पार्टीले अनपेक्षित हार व्यहोर्नु परेको स्पष्ट पारे ।उनले पार्टीभित्रको एकतालाई बलियो बनाउन प्राध्यापकहरुलाई सहयोग गर्न आग्रह गरे ।
त्यस्तै कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई काम गर्ने पार्टीको रुपमा स्थापित गराउन आग्रह गरे ।
https://youtu.be/xYQYzmYl9wk
यता कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले गुट, उपगुटकै कारण कांग्रेसले निर्वाचनमा अनपेक्षित हार व्यहोर्नु परेको बताएका थिए ।
डा. कोइरालाले गुटउपगुटबाट पार्टीलाई मुक्त राख्न बुद्धिजीविहरुले आवश्यक पहल गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।
https://youtu.be/tFD1glaPFbw
तस्विर : मुकुन्द कालिकोटे