Logo

जोर्डनमा बस दुर्घटना, एक नेपाली महिलाको निधन



वैशाख ३, काठमाण्डौ । जोर्डनमा बस दुर्घटना हुँदा एक नेपाली महिलाको ज्यान गएको छ ।

गार्मेन्टमा काम गर्ने नेपाली चढेको बस दुर्घटना हुँदा खोटाङकी रबिना राईको ज्यान गएको हो । बिदामा घुम्न निस्किएका उनीहरु चढेको बस दुर्घटनामा परेको इजिप्टस्थित नेपाली दूतावासका द्वितीय सचिव सुजन बिडारीले जानकारी दिनुभयो ।

दुर्घटनामा पर्नेहरुमा नेपालीसहित भारतीय र बंगलादेशी कामदार छन् । दुर्घटनामा परेका मध्ये सात जनाको अवस्था गम्भिर रहेको स्थानीय सचारमाध्यमले जनाएको छ ।

दूतावासका द्वितीय सचिव बिडारीका अनुसार मृतकको शव छिट्टै नेपाल पठाउने तयारी भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्