Logo

एमाले स्थायी समिति बैठक ५ बजे बस्दै



काठमाडौं, ३ वैशाख । नेकपा एमाले स्थायी समितिको बैठक आज बस्दैछ । एमाले–माओवादी पार्टी एकताका लागि टुंग्याउन बाँकी रहेका विषयमा अहिले प्रधानमन्त्रीको निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच वार्ता जारी छ ।

दुई अध्यक्षबीचको वार्ता सकिएपछि अपरान्ह ५ बजेका लागि एमाले स्थायी समितिको बैकठ बोलाइएको पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

पार्टी एकताबारे अन्यौल देखिएका बेला प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी स्थायी कमिटीको बैठक बोलाएका हुन् ।

 



प्रतिक्रिया दिनुहोस्