Logo

लुम्बिनीमा २५ सय ६२ औं बुद्ध जयन्ति तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको भव्य तयारी



वैशाख ३, काठमाण्डौ । शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा २५ सय ६२ औं बुद्ध जयन्ति तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको भव्य तयारी थालिएको छ ।

बुद्धको जन्मस्थल लुम्विनीलाई शान्तिको मुहानको रुपमा विश्वभर पहिचान गराउने उद्देश्यका साथ आयोजना गर्न लागिएको बौद्ध सम्मेलनको तयारीलाई तीव्रता दिइएको हो ।

‘लुम्बिनी नेपालः बुद्ध जन्मस्थल तथा बौद्ध दर्शन र विश्व शान्तिको मुहान’ भन्ने मूल नाराका साथ आगामी बैशाख १५ र १६ गते अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा १७ गते बुद्ध जयन्ती भव्यताका साथ मनाउने तयारी गरिएको छ ।

सम्मेलनामा विश्वभरका बौद्ध धर्मगुरुहरु सहभागी हुनेछन । विश्वका सबै बौद्ध धर्मगुरुहरुलाई सम्मेलनमा आउन नियन्त्रणा गरिएको कोषले जनाएको छ । सम्मेलनमा ‘विश्व शान्ति र बौद्ध धर्म’ विषयक १७ वटा कार्यपत्रहरु प्रस्तुत गरिनेछ ।

३ हजार मानिसहरु अट्ने गरी सम्मेलनका लागि अस्थायी हल निर्माण कार्यलाई तीव्रता दिइएको छ । सम्मेलनलाई भव्यताका साथ सम्पन्न गर्न रुपन्देही, नवलपरासी र कपिलबस्तुमा रहेको बुद्धसँग सम्बन्धित क्षेत्रहरुको सरसफाई र रंग रोगनको काम पनि भईरहेको छ ।



प्रतिक्रिया दिनुहोस्