Logo

अबको बैठकमा पदाधिकारी नियुक्ती, अर्ली महाधिवेशन हुँदैन् : देउवा



 

काठमाडौं, ४ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब बस्ने केन्द्रिय कार्य समितिको बैठकमा पदाधिकारी मनोनित गर्ने बताएका छन् ।

चितवनको भरतपुर विमानस्थलमा पत्रकार ऋषि धमलासँग संक्षिप्त कुराकानी गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । उनले बैशाख ७ गते बस्ने केन्द्रिय कार्य समितिको बैठकमा पदाधिकारी मनोनित गर्ने तयारी गरिसकेको जनाए । उनले भने,‘सबै तयारी भैसक्यो, कसलाई बनाउने हो भन्ने कुरा अहिले नभनौं।’

त्यस्तै देउवाले आफ्नो पदावधि अझै तीन वर्ष बाँकी नै रहेकोले यो बीचमा पार्टीको संगठन निर्माणमा केन्द्रित हुने धारणा राखे । उनले भने,‘म अहिले सभापति छोड्दिन्, अर्ली महाधिवेशन पनि हुँदैन र बोलाउँदिन । बरु तीन वर्षभित्र महासमति हुन्छ ।’

उनले ५ वर्षभित्र सशक्त संगठन निर्माण गर्ने र कांग्रेसलाई पहिलो पार्टी बनाएर छाड्ने उद्धघोष गरेका छन् । एमाले र माओवादी केन्द्र मिल्दा आफूहरु खुशी नै हुने उनको भनाई छ । ‘उहाँहरु मिल्दा हामी खुशी हुन्छौं, म त शुभकामना दिन चाहन्छु।’–देउवाले थपे ।

 



प्रतिक्रिया दिनुहोस्