Logo

नेपालका नेता, न्यायाधीश र उद्योगपतिहरुले विदेशी युवती झिकाएर यौन प्यास मेटेको खुलासा



काठमाडौं, ५ वैशाख । नेपालमा यौन व्यवसायलाई कानूनी मान्यता दिने बहस दुई दशकदेखि चल्दै आएको छ । डेढ दशकअघि तत्कालीन स्वास्थ्यमन्त्री शरदसिंह भण्डारीले वैधानिक ‘रेडलाइट एरिया’ खोल्ने औपचारिक घोषणा गरेका थिए ।

तर उनको घोषणालाई कतिले आलोचना गरे भने कतिले मौन समर्थन । यद्यपी त्यो त्यत्तिकै सेलाएको थियो । तर अहिलेसम्म नेपालको कानुनले यौन व्यवसायलाई अवैध मानेको छ । प्रहरीले रातबिरात छापा मारेर होटल, लजबाट यौनकर्मीलाई पक्राउ गर्ने गरेका खबरहरु बेलाबेला आउने गरेका छन् ।

एक प्रतिवेदनअनुसार सन् २०१० को तुलनामा महिला यौनकर्मीको संख्या दोब्बर भएको छ । त्यतिबेला २८ हजार हाराहारी यौनकर्मी थिए भने अहिले झन्डै ५३ हजार पुगेको तथ्यांक छ । पुरुष यौनकर्मीको संख्या २० हजारभन्दा बढी रहेको प्रतिवेदनमा छ ।

उक्त अध्ययनले काठमाडौं उपत्यकामा मात्र महिला यौनकर्मीको संख्या झन्डै १२ हजार रहेको जनाएको छ । त्यस्तै, २४ हजार हाराहारी तेस्रोलिंगी र ६८ हजार समलिंगी पुरुष रहेको अनुमान गरेको छ । रिपोर्टमा तेस्रोलिंगी र समलिंगीलाई यौन रोगको जोखिमपूर्ण समूहमा राखिएको छ ।

अहिलेको अवस्थामा यौन व्यवसायलाई कानुनी मान्यता दिन नसकेपनि यो व्यवसाय विस्तार हुँदै गएको छ ।

भारतका कुख्याँत यौनव्यापार हुने कोठीहरूमा नेपाली युवतीलाई बिक्री गरिने समाचार नौलो होईन । अझैपनि कैयौँ नेपाली युवती विभिन्न बहानामा भारत पुर्याई कोठीमा बेचिइरहेका छन् ।

तर पछिल्लो समय विभिन्न देशका महिला यौनकर्मीलाई नेपालमा झिकाउने गरेको पाईएको छ । विकसित देशका महँगा यौनकर्मी मगाएर यौन प्यास मेटाउने उच्च तहका नेपाली नागरिक बढ्दै गएको स्रोतको दाबी छ ।

महँगो शूल्क तिरेर नेपालका पाँच तारे होटलमा विदेशी महिलासँग रात विताउनेमा धनाढ्य व्यापारी, नेतादेखि न्यायाधीशम्म रहेको उच्च स्रोतको दाबी छ ।

त्यस्ता विदेशी यौनकर्मी महिलासँग रात विताउने गरेका एक उच्च तहका व्यक्तिले नै पछिल्लो समय नेपालमा विदेशी महिला झिकाउने चलन बढ्दै गएको बताए ।

नाम नबताउने शर्तमा ती व्यक्तिले भने,“लाखौँ रुपैयाँ तिरेर विदेशी महिलासँग रात विताउन चाहने नेपाली पुरुषको संख्या धेरै छ ।” सरकारी निकायको उच्च पदाधिकारीदेखि उद्योगी तथा नेताहरु यस्ता क्रियाकलापमा संलग्न हुने गरेको उनले बताए ।

नेपालमा यसरी महिला यौनकर्मी उपलब्ध गराउने अन्तराष्ट्रियस्तरको ठूलो गिरोहले सहयोगी भूमिका खेल्ने गरेको ती व्यक्तिले बताए । संसारका थुप्रै मुलुकमा यौन व्यवसाय वैद्य छ । थाईल्यान्ड र नर्डिक देशहरूले त यसलाई व्यवस्थापन गरेर राजस्वको मूल आम्दानीको स्रोत बनाएका छन् । त्यही देखेर नै होला तत्कालिन मन्त्री भण्डारीले ‘रेडलाइट एरिया’ तोकेर यौन व्यवसायलाई वैद्यता दिने प्रयास गरेका थिए ।

अहिले नेपाली यौनकर्मी मात्रै नभएर विदेशी यौनकर्मी समेत नेपाल आउने गरेका छन् । यौन व्यवसाय फैलिनुलाई विकृति मान्ने कि नागरिकको चाहना ?



प्रतिक्रिया दिनुहोस्