Logo

पार्टी एकताबारे ओली-प्रचण्डबीच आज लामो छलफल



काठमाडौं, ६ बैशाख । सत्तारुढ दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता प्रक्रिया टुँगो लगाउन आज दुई प्रमुख नेता केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज गम्भिर छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको एक्लाएक्लै भेटवार्तामा एकता प्रक्रिया टुँगो लगाउनेगरि छलफल भएको माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले पत्रकार ऋषि धमलालाई जानकारी दिए ।

उनले भने,‘दुई पार्टीबीचको एकता चाँडै टुँगोमा पुग्छ, जेठ १ गतेभित्रै एकता हुन्छ, अब ढिलाई हुँदैन्, धेरै कुराहरु सहमति भैसकेका छन्, केही मुख्य विषयमा देखिएका विवादहरु दुवै पार्टीका अध्यक्षहरु मिलेर हल गर्नुहुन्छ।’



प्रतिक्रिया दिनुहोस्