काठमाडौ., ६ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसारमा असफल भइसकेको कम्युनिष्ट शासन नेपालमा ल्याउने कोसिस भइरहेको आरोप लगाएका छन् ।
सभापति देउवाले कम्युनिष्ट शासन ल्याउन सजिलो नभएको ठोकुवा गरेका छन् ।नेविसंघले स्थापना दिवसको अवसर पारेर आयोजना गरेको कार्यक्रममा कांग्रेस सभापति देउवाले सबैतिर हस्तक्षेप गरेको भन्दै सरकारको आलोचना गरे ।
प्रजातन्त्र र हुदलीय व्यवस्थामाथि खतरा उत्त्पन्न भन्दै उनले भने, ‘सारा कुरामा हस्तक्षेप गर्ने उद्देश्य बोकेको छ, त्यसविरुद्ध लड्न तयार हुनुपर्छ ।’
कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले पार्टीका सबै गुट अन्त्य गर्नु पर्नेमा जोड दिएका छन् । यसमा मात्र वाम एकताका कारण आएको चुनौती सामना गर्न सक्ने उनले बताए ।
तस्विर : मुकुन्द कालिकोटे