काठमाडौं, ९ बैशाख । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका अध्यक्ष केपी ओली र प्रचण्डले आज संयुक्त सम्बोधन गर्ने कार्यक्रम सभा हलमा यतिवेला तनाब उत्पन्न भएको छ ।
लेनिन दिवसको अवसरमा आयोजित कार्यक्रमको बोर्डमा लेनिनकै तस्वीर थिएन । कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ र एमाले नेताद्वय मनमोहन अधिकारी र मदन भण्डारीको मात्र तस्वीर थियो । साथै केपी ओली र प्रचण्डका ठूला तस्वीर थिए ।
आईतबार राष्ट्रिय सभागृहमा तनाव भएको छ । माओवादी केन्द्रका कार्यकर्ताले संयुक्त सम्बोधनका लागि तयार पारिएको ब्यानरमा असहमति जनाउदै होहल्ला मच्चाएपछि तनाब पैदा भएको हाम्रा सहकर्मी ईश्वर कार्कीले जानकारी दिए ।
कार्यक्रम ब्यानरमा माओवादी केन्द्रलाई ‘माके’ लेखिएको भन्दै आफ्नो पार्टीको अपमान गरिएको भन्दै माओवादी केन्द्रका कार्यकर्ताहरुले विरोध जनाएका थिए ।