Logo

त्रि–चन्द्र क्याम्पसका विद्यार्थीद्धारा पत्रकार धमलालाई बधाई ज्ञापन



काठमाडौं, ११ बैशाख । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलालाई त्रि–चन्द्र क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले आज विशेष सम्मान तथा बधाई ज्ञापन गरेका छन् ।

त्रि-चन्द्र क्याम्पसमा बिएस्सी प्रथम वर्षमा अध्ययनरत विधार्थी सुमन परिया ‘सुमन साईन्स’ले पत्रकार धमलालाई क्लबको साक्षात्कार कक्षमै आएर बधाई ज्ञापन तथा अभिनन्दन गरेका हुन् ।

मंगलबार लोकतन्त्र दिवसको पावन अवसर पारेर आफूले रिपोर्टर्स क्लब र यसका अध्यक्ष धमलालाई अभिनन्दन गरेको परियारले जनाए । पत्रकार धमलाको स्वतन्त्र र निश्पक्ष पत्रकारिताको आफू निकै ठूलो प्रशंसक रहेको उनको विश्वास छ ।

उनले प्रदान गरेको बधाई ज्ञापनपत्रमा भनिएको छ,‘म तपाईको स्वतन्त्र र निश्पक्ष पत्रकारिताको निकै ठूलो प्रशंसक हुँ, यहाँले पत्रकारितामार्फत देश तथा विदेशमा रहनुभएका नेपाली नेपाली दाजुभाई, दिदिबहिनीहरुलाई सही सूचना त्यो पनि उपयुक्त समयमा सम्प्रेषण गर्नुको साथै राष्ट्रिय एकताको पक्षमा मानवताका सम्बन्धमा, भातृत्वको सम्बन्धमा सबै नेपालीहरुलाई हार्दिकताका साथ सलंग्न हुन अपिल गर्नुहुन्छ, तपाईको यो पत्रकारिताप्रतिको यो लगाव र निष्ठाबाट आकर्षित नहुने मानिसहरु सायदै होलान्।’

परियारले रिपोर्टर्स क्लब र यसका अध्यक्ष धमलाले देशका सबै खाले विषयहरुमा खासगरी राष्ट्रलाई परेका आन्तरिक र बाहृय विषयहरुमा निकै संवेदनशीलता अपनाई निडरताका साथ बहस सञ्चालन गर्दै आएको बताए । उनले भनेका छन्,‘म तपाईलाई सबै हिसावले एक बौद्धिक पत्रकारको रुपमा चिन्दछु, तपाई र तपाईको मिडियाले खेलेको भूमिकाहरु जनस्तरमा निकै सराहनीय अनि प्रशंसनीय छ।’

परियारद्धारा प्रदान बधाई ज्ञापनपत्रमा थप भनिएको छ,‘पछिल्ला केही घट्नाक्रम नियाँल्ने हो भने जस्तो संविधानसभाबाट संविधान जारी गर्नको लागि दबाब दिनको लागि होस्, भुकम्पमा सही सूचना सम्प्रेषण गरेर होस्, नाकाबन्दी निवारणमा प्रशस्त छलफल र बहस गरेर होस्, हालै सम्पन्न भएका तीनै चरणका निर्वाचनलाई उत्सवको रुपमा वातावरण तयार गरेर होस्, यी सबै विषय र प्रसँगहरुमा निकै नै गहनताका साथ आफ्नो जिम्मेवारी निर्वाह गरेर नेपाली पत्रकारिताको ईतिहाँसमा नेपाली समाजमा अतुलनीय योगदान पुर्याउनुभएको महशुस म एक सचेत विद्यार्थी हुनुको नाताले अनुभुत गर्दछु।’

उनले ‘समृद्ध नेपाल र सुखी नेपाली’ को राष्ट्रिय अभियानमा स्वतन्त्र र निश्पक्ष पत्रकारितामार्फत विशेष योगदान पुर्याउन समेत पत्रकार धमलासँग आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्