Logo

गृहमन्त्रीको चेतावनी : अस्थिरता मच्चाउन खोज्नेलाई छोड्दिन



भैरहवा, १४  बैशाख। गृहमन्त्री रामबहादुर थापाले आम नागरिकले शान्ति सुरक्षाको पूर्ण प्रत्याभुति गर्न पाउने बताएका छन् । सरकारले नेपाली जनताको शान्ति सुरक्षा र विकासप्रतिको चाहनालाई मूर्त रुप दिन लागेको बताउँदै गृह मन्त्री थापाले मुलुकमा अस्थिरता कायम गर्न खोज्ने जोसुकैलाई नछाडिने बताए ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलमा गरिएको कार्यक्रममा मन्त्री थापाले यातायात क्षेत्रको सिण्डीकेटको अन्त्य गरेरै छाड्ने बताए ।उनले यातायात क्षेत्रको सिण्डीकेट अन्त्य गरेर निजी तथा यातायात क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा गर्ने बातावरणको सुरुवात गर्ने बताए ।

अपराध नियन्त्रण र जनतालाई प्रभावकारी सेवा प्रदान गर्न केन्द्रदेखि प्रदेश सरकारसम्मले काम थालेको बताउदै गृह मन्त्री थापाले पछिल्लो समय सल्बलाएको अपराध, चोरी तस्करी तथा लागुऔषधका घटना पूर्ण रुपमा रोक्ने दृढता गरे ।



प्रतिक्रिया दिनुहोस्